Deprecated: Required parameter $args follows optional parameter $depth in /home4/dreamcities/public_html/vyas/wp-content/plugins/search-filter/of-taxonomy-walker.php on line 17

Deprecated: Required parameter $output follows optional parameter $depth in /home4/dreamcities/public_html/vyas/wp-content/plugins/search-filter/of-taxonomy-walker.php on line 17
सेनकालीन तोप – Cities for the Youth

सेनकालीन तोप

2022 -09- 30

सेन शासनकालको जीवन्त दसी बनेर कोतमा लडिरहेको छ, तोप । स्थानीय हटियाका बालकृष्ण श्रेष्ठ भन्नुहुन्छ, “यो तोप, यहिँको खानीबाट निकालिएको फलामबाट यहिँका कालीगढले बनाएको भनेर बाबुबाजेले भनेका हुन् ।”

उहाँका अनुसार, दमौलीबाट तनहुँसुरसम्म सडक खन्ने क्रममा फलाम पिट्ने आरन र फलामका कीत थुप्रै भेटिएको थियो । उहाँको अड्कल छ, सायद हतियार बनाउने कारखाना त्यतैतिर थियो । गोठालाहरुले केही वर्षअघि तोपको पाङ्ग्रा भाग गुडाइदिए । अहिले नाल मात्र बाँकी छ । पाङ्ग्रालाई पाखामा भेटिएपछि त्यसलाई वडा कार्यालयमा सुरक्षित राखिएको श्रेष्ठ बताउनुहुन्छ । 

यो तोपलाई लमजुङ राज्यको दरबारतिर फर्काएर राखिएको थियो । अहिले पनि यो तोपको नाल, उतैतिर सोझिएको अवस्थामा छ । यहि तोपको बलमा तनहुँसुर राज्यले लमजुङमाथि दवाव सिर्जना गर्ने गरेको भनाई बरिष्ठ पत्रकार नारायण वाग्लेको छ । 

विक्रम सम्वत् १६१० मा स्थापित राज्यको अन्त्य १८३९ मा भयो । करिव २३० वर्ष अवधिसम्म शक्तिशाली तनहुँ राज्यले खडा गरेका भौतिक संरचना वा अमूर्त संस्कृतिको खोज, अध्ययन र संरक्षण हुन नसकेको गुनासो स्थानीय श्यामकुमार श्रेष्ठको छ । स्थानीय अमरसिंह माध्यमिक विद्यालयका पूर्व प्रअ श्रेष्ठ विगतको तनहुँसुर सम्झनुहुन्छ, “पहिला त तनहुँसुरमा रजगज नै थियो, ६० घर हटिया नेवारको बजार थियो । बन्दिपुरबाट दमौलीमा सदरमुकाम सरेपछि एक दुई घरबाहेक सबै नेवारहरु पनि त्यतै गए । तनहुँसुरको दुर्दिन सुरु भए ।”

तनहुँसुर दरबार क्षेत्रको पहिचान र खोजी कार्यमा पुरातत्वले समेत चासो देखाएको पाइन्छ । दरबार रहेको क्षेत्रको उत्खनन् गरी संरक्षणको प्रयास गरिएको छ । दरबार नजिकै रहेको खड्गकाली मन्दिरको पुरानै स्वरुपमा मर्मत गर्ने कार्य सम्पन्न भएको छ । त्यस्तै, दरबार वरपर गद्दी चौतारा, रानी चौतारा, धान गोदाम, रानीधारा, साउने कुवा, रानी बगैँचा, सिलखान, जाकाटे ढुङ्गा, गोलघरलगायत सेनकालीन राज्यसँग किम्बदन्ती जोडिएका ऐतिहासिक स्थान छन् । बीस वर्षअघि सो क्षेत्रको संरक्षणका लागि घेराबेरा, सिँढी मर्मत, तोपको संरक्षणजस्ता कार्य आफ्नै पहलमा सुरु गरेको ब्यास नगर प्रमुख न्यौपाने बताउनुहुन्छ । सो क्षेत्रको बृहत्तर विकासका लागि भानु शान्ति निकुञ्ज विकास समिति मार्फत् गुरुयोजना पनि निर्माण गरिएको छ । प्रदेश र ब्यास नगर मिलेर तनहुँुसरको संरक्षण र विकासका लागि काम गरिरहेको र त्यहाँसम्म पुग्ने सडक १३ किलोमिटर कालोपत्रे गर्ने कार्य भइरहेको प्रमुख न्यौपाने बताउनुहुन्छ ।

GET MONTHLY UPDATES ON NEW STORIES IN YOUR EMAIL

Stories of
Rishing