Deprecated: Required parameter $args follows optional parameter $depth in /home4/dreamcities/public_html/vyas/wp-content/plugins/search-filter/of-taxonomy-walker.php on line 17

Deprecated: Required parameter $output follows optional parameter $depth in /home4/dreamcities/public_html/vyas/wp-content/plugins/search-filter/of-taxonomy-walker.php on line 17
सिद्धेश्वर राजापानी महादेव – Cities for the Youth

सिद्धेश्वर राजापानी महादेव

2022 -09- 27

कलेस्ती उपत्यका सिरानमा घनाजङ्गलबीच ओम सिद्देश्वर महादेवको मन्दिर रहेको छ । यसलाई राजापानी महादेवका रुपमा पनि चिनिन्छ । व्यास ९ स्थित सो महादेव मन्दिर पुराना गाउँ जाने बाटैमा रहेको छ । यहाँ ठूलो एकादशी (हरिबोधिनी) मा भक्तजनको ठूलो घुँइचो लाग्छ । बाजागाजासहित फुलकाक डोली चढाउन आउने भक्तजनले घनाजङ्गल भरिने गरेको छ । 

राजापानी महादेवको शिला उत्पत्तिबारे एउटा प्रचलित किंवदन्ती छ । विक्रम सम्वत् १९६७ सालमा गाइने कामीले जाँतो बनाउन ढुङ्गा खोज्दै जाँदा खोल्सीमा एउटा राम्रो ढुङ्गा फेला पारेछन् । बोकेर लैजाने क्रममा गह्रुँगो भएर देउरालीमै छाडेर घर गएछन् । भोलिपल्ट लिन जाँदा शीला त्यहाँ थिएन । खोज्दैजाँदा पहिलाकै ठाउँमा पुगेको देखेपछि यो त दैविक शक्ति पो रहेछ भनेर सोही शीला पुज्न थालेको भनाई छ । तिनै विश्वकर्माका सन्तानले पछि मन्दिर नजिकै पाटी बनाइदिएका थिए । विक्रम सम्वत् २०२९ सालको बाढीले महादेवको शीलासहित बगाइदिएको थियो । सो शीला पछि स्थानीय गोपाल भुजेलले भेटेर घरमा ल्याए । उनको भोलिपल्टै मृत्यु भएपछि शीलालाई पुनः पहिलाकै स्थानमा लगेर राखियो । त्यसै बेलादेखि मन्दिरमा फुलको मालासहितको तोरण तार्ने प्रचलन सुरु भएको बताइन्छ । सो मन्दिरमा पहिलोपटक फूल तार्ने काम स्थानीय नन्दुमाया थापाले गरेको बताइन्छ । अहिले मन्दिर नजिकै खानेपानीको धारासहित वनभोजका लागि स्टल समेत बनाइएको छ । यहाँ जान दमौलीको  भोर्लेटार चोकबाट कलेस्ती गजौँडे र राजापानी महादेवस्थान हुँदै दैनिक बस सेवा सञ्चालनमा छ । भोर्लेटारबाट कलेस्ती ७ किलोमिटर कालोपत्रे र त्यहाँबाट १० किलोमिटर  कच्चीसडकहुँदै राजापानी महादेव पुग्न सकिन्छ ।

GET MONTHLY UPDATES ON NEW STORIES IN YOUR EMAIL

Stories of
Rishing