Deprecated: Required parameter $args follows optional parameter $depth in /home4/dreamcities/public_html/vyas/wp-content/plugins/search-filter/of-taxonomy-walker.php on line 17

Deprecated: Required parameter $output follows optional parameter $depth in /home4/dreamcities/public_html/vyas/wp-content/plugins/search-filter/of-taxonomy-walker.php on line 17
मानहुँकोट – Cities for the Youth

मानहुँकोट

2022 -09- 25

मानहुँकोट, कुनै समय गलेखामकोट राज्यको दक्षिणी सुरक्षा कवच गढीका रुपमा थियो । गलेखाम राज्यको यो एउटक दरिलो किल्ला थियो । छिमेकी राज्यहरु ढोर, घिरिङ, तनहुँ र रिसिङबाट हुनसक्ने आक्रमणबाट बच्न निर्माण गरिएका गढीहरुमध्ये मानहुँकोट एक हो । गढीका केही अवशेषहरु र मन्दिर अहिले पनि त्यहाँ देख्न सकिन्छ ।  

दमौली बजारबाट पश्चिम तर्फ रहेको मानङकोट समुद्री सतहबाट एक हजार एक सय मिटर उचाईमा रहेको छ । मानहुँलाई मानुङ समेत भनेको पाइन्छ । ब्यास नगरपालिकाको वडा नं. ५ मा रहेको मानहुँकोट दमौलीबाट करिव सात किलोमिटर रहेको छ । दमौलीबाट पोखरातर्फ लाग्दा मादी नदीको पुल तर्ने वित्तिकै चापाघाट अलैंचेबाट उकालो लागेर मानहुँकोट पुगिन्छ । संगमटोल, कटुवा, अलैचे, सौराहा, धारादि, देउरालीहुँदै मानहुँकोट पुगिन्छ, जहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, मनासलु, बौद्ध, लमजुङ हिमालको हार देख्न सकिन्छ । दमौलीबजारलाई हुस्सूको घुम्टोले लपक्क छोपेको रमाइलो दृश्य हेर्न सकिन्छ । सूर्योदय र सूर्यास्तको आनन्द हेर्न रात्रीकालीन क्याम्पिङका लागि पनि मानहुँकोट पुग्नेहरु बढेको पाइन्छ । दमौलीलगायत वरपरका रात्रीकालीन दृश्य हेर्नसमेत मानहुँकोटमा क्याम्पिङ जाने गरेको पाइन्छ । जहाँबाट विहान हुस्सुमाथि उभिएको अनुभूति हुन्छ ।

सेती, मादी, सांगे र गुणादी नदीले घेरिएको मानुहुँकोटमा पानीकोचाहिँ चर्को अभाव छ । पानीकै अभावमा सस्तोमा जग्गा बेचेर मानहुँकोटका ७० घरभन्दा बढी मगर जाति गुणादी, पाटन, साँगे र दमौलीतिर बसाइँ झरे । यद्यपि, मानहुँकोटमा आन्तरिक पर्यटक बढ्न थालेपछि पुरानै थातथलोमा फर्कनेहरु समेत बढ्दै छन् । तर, सस्तोमा जग्गा बेचेर बजार झर्नेहरु अहिले त्यहि जग्गा महङ्गोमा किनेर फर्कदै गरेको ब्यास नगरपालिका वडा नम्बर ५ का अध्यक्ष मोहन श्रेष्ठ बताउनुहुन्छ ।

GET MONTHLY UPDATES ON NEW STORIES IN YOUR EMAIL

Stories of
Rishing