Deprecated: Required parameter $args follows optional parameter $depth in /home4/dreamcities/public_html/vyas/wp-content/plugins/search-filter/of-taxonomy-walker.php on line 17

Deprecated: Required parameter $output follows optional parameter $depth in /home4/dreamcities/public_html/vyas/wp-content/plugins/search-filter/of-taxonomy-walker.php on line 17
भगवतीपानी – Cities for the Youth

भगवतीपानी

2022 -09- 30

ब्यास नगरपालिका वडा नम्बर ११ तनहुँसुर क्षेत्र ऐतिहासिक सम्पदाका हिसावले महत्वपूर्ण छ । सेनकालीन तनहुँ राज्यको राजधानी तनहुँसुरमा रहेको दरबार र आसपासका सम्पदाको संरक्षणले तनहुँको पर्यटन विकासमा महत्वपूर्ण आयाम थप्ने विश्वास गर्न सकिन्छ । विक्रम सम्वत् १६१० देखि १८३९ सम्म लगभग २३० वर्ष पाल्पाली सेन शासकका सन्तानले तनहुँमा राज्य चलाए । सोही समयको राजधानी थियो, तनहुँसुर । तनहुँसुर आसपासकै महत्वपूर्ण धार्मिक सम्पदाको रुपमा भगवतीपानी मन्दिर रहेको छ । 

किंवदन्तीअनुसार तनहुँका सेन राजा कामारीदत्त सेनलाई एक दिन सपनामा देवीले भनिछिन्, ‘हे राजन, तिमीलाई पानीको आवश्यकता छ । म पानी दिन्छु, नटुट्ने गरी तर एकैपटक धेरै होइन । यदि तिमी मलाई विश्वास गर्छौ भने म तिम्रो सधैँ भलो गर्नेछु । यो पानी तिमीलाई पर्याप्त हुनेछ, कहिल्यै सुक्ने छैन ।’

तनहुँसुर दरबार परिषर चट्टानी पहाडको उच्च भागमा छ । जहाँ पानीको समस्या त्यो समयमा पनि थियो होला । सो क्षेत्रमा पाइएको गहिरो इनारले पनि यो पुष्टि गर्छ । पानीको समस्या भोगिरहेका राजा कामारीदत्तले भगवतीको मन्दिर स्थापना गरेका थिए । त्यसपछिका दिनमा सो ठाउँलाई भगवतीपानी मन्दिर भन्न थालियो । 

भगवतीपानी मन्दिर नजिकै जलकुण्ड, कलात्मक मन्दिर, पाटीपौवा छन् । यहाँ वनभोजस्थलको पनि व्यवस्था गरिएको छ । यो स्थानमा जान तनहुँसुर देवस्थल सामुदायिक भवन नजिकैबाट करिव दुई किलोमिटर दक्षिणतर्फ कच्ची सडकहुँदै जान सकिन्छ । ब्यास नगरपालिकाले मुलपानीको चमेरे गुफा (गुप्तेश्वर गुफा) बाट भगवतीपानी मन्दिरहुँदै तनहुँसुरसम्मको ६.५ किलोमिटर ‘तनहुँ ईको टे«क’ को पनि प्रवद्र्धन गरिरहेको छ ।  सो मार्गहुँदै समेत भगवतीपानी पुग्न सकिन्छ ।

GET MONTHLY UPDATES ON NEW STORIES IN YOUR EMAIL

Stories of
Rishing