Deprecated: Required parameter $args follows optional parameter $depth in /home4/dreamcities/public_html/vyas/wp-content/plugins/search-filter/of-taxonomy-walker.php on line 17

Deprecated: Required parameter $output follows optional parameter $depth in /home4/dreamcities/public_html/vyas/wp-content/plugins/search-filter/of-taxonomy-walker.php on line 17
दय माध्यमिक विद्यालय – Cities for the Youth

दय माध्यमिक विद्यालय

2022 -09- 30

तनहुँ जिल्लाको सदरमुकाम व्यासबाट चार किलोमिटरको दुरीमा पश्चिमतर्फ ठूलोटारमा उदम माध्यमिक विद्यालय रहेको छ । समुद्री सतहबाट ३१० मिटरको उचाइमा रहेको सो विद्यलाय पृथ्वी राजमार्गबाट २ किलोमिटर उत्तरतर्फ छ । विद्यालयको पूर्वमा मादी नदी, पश्चिममा साँगे खोला रहेको छ । विशाल साँगे फाँटको बीचमा रहेको सो विद्यालयले प्राविधिक शिक्षालाई जोड दिँदै आएको छ । यो स्थानको आदिवासीका रुपमा दरै, कुमाल र बोटे जाति रहेका छन् । हालः मिश्रित बसोबासको अवस्था छ ।

व्यास नगरपालिकाको वडा नम्बर ५ मा यो विद्यालय रहेको छ । विद्यालयको सेवा क्षेत्रका रुपमा चापाघाट, अलैचे, कन्टार, सिर्दी, विर्ता, पतेनी, साँगे, ठूलोटार, सिमलगैह्रा, सेरा बरबोटलगायत गाउँवस्ती रहेका छन् । म्याग्दे गाउँपालिकाको वडा नम्बर १ का वस्तीबाट समेत विद्यालयका अध्ययनका लागि वालवालिका आउने गरेका छन् । मानहुँ, मोचाबारी, बरचौर, ट्याम्केडाँडा, चापागैरा, बाख्रे, मान्दे ठूलोछाप, दभुङसम्मका वालवालिका विद्यालयमा आउँछन् ।

स्थानीयवासीको पहलमा २०२२ सालदेखि पठनपाठन सुरु भएको भए पनि उदय माध्यमिक विद्यालयले २०३२ सालमा प्राथमिक विद्यालयका रुपमा स्वीकृत प्राप्त गरेको हो । प्राथमिक तहपछि सो क्षेत्रका वालवालिका एक घण्टाको बाटो हिँडेर दमौलीसम्म अध्ययनका लागि जानुपर्ने वाध्यता थियो । जसका कारण धेरैले प्राथमिक तहपछि अध्ययन छाड्ने अवस्था थियो । सोही समस्यालाई ध्यानमा राखी २०५४ सालबाट कक्षा बृद्धि गर्न थालियो । सोही वर्षबाट कक्षा ६ को अध्यापन थालियो । सो विद्यलायबाट २०५९ सालमा पहिलोपटक एसएलसी परीक्षामा सहभागी भएका थिए । विद्यालयमा २०६७ सालदेखि उच्च माध्यमिक शिक्षा परिषद् (हालः राष्ट्रिय परीक्षा बोर्ड) बाट स्वीकृति लिई कक्षा ११ र १२ को अध्ययन हुँदैआएको छ । विद्यालयमा प्राविधिक शिक्षा कक्षा सञ्चालनका लागि २०६८ सालमा एउटा महत्वपूर्ण छलफल भएको थियो । सोहीअनुसार २०७१ सालदेखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को सम्बन्धमा १८ महिने सिभिल इन्जिनियरिङको कक्षा सञ्चालन गर्दै आएको छ । २०७४ सलादेखि तीन वर्षे डिप्लोमा कृषि (बालि विज्ञान) को  कक्षा समेत सञ्चालनको अनुमति प्राप्त गरेको छ ।

GET MONTHLY UPDATES ON NEW STORIES IN YOUR EMAIL

Stories of
Rishing