Deprecated: Required parameter $args follows optional parameter $depth in /home4/dreamcities/public_html/vyas/wp-content/plugins/search-filter/of-taxonomy-walker.php on line 17

Deprecated: Required parameter $output follows optional parameter $depth in /home4/dreamcities/public_html/vyas/wp-content/plugins/search-filter/of-taxonomy-walker.php on line 17
दमौली – Cities for the Youth

दमौली

2022 -09- 30

काठमाडौँबाट १५० किलोमिटर पश्चिममा तनहुँ जिल्लाको सदरमुकाम दमौली रहेको छ । दमौली र आसपासका गाउँ समेटेर व्यास नगरपालिकाको भौगोलिक सीमा निर्धारण गरिएको छ । तनहुँको जिल्ला सदरमुकाम पहिला बन्दिपुरमा थियो । २०२५ सालमा दमौलीमा जिल्ला सदरमुकाम सारिएको हो । दरै र बोटे जातिको थाँतथलोका रुपमा दमौलीलाई लिइन्छ । फराकचौर, कर्लुङ्ग, श्याम्घा र महेन्द्रपुर गुणादी गाउँ पञ्चायतका केही भाग समावेश गरी २०३३ सालमा दमौली गाउँ पञ्चायत स्थापना गरिएको थियो । २०४८ साल चैत ३० गतेदेखि व्यास नगरपालिका भएको हो । व्यास नगरपालिकाको पूर्वतर्फ भानु नगरपालिका र बन्दिपुर गाउँपालिका रहेको छ । यस्तै, पश्चिमतर्फ म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिका, उत्तरमा लमजुङ र कास्की जिल्ला रहेको छ । यसैगरी, दक्षिणमा तनहुँकै रिसिङ र देवघाट गाउँपालिका रहेको छ । दमौली बजारको मध्यभागमा पृथ्वी राजमार्ग रहेको छ ।

व्यास नगरपालिकामा १४ वटा वडा रहेका छन् । यो गण्डकी प्रदेशमा पर्दछ । मादी र सेतीको सङ्गमस्थल दमौली प्राकृतिक सौन्दर्यताले भरिएको छ । वेदव्यासको जन्मभूमि र तपोभूमि मानिने दमौलीले धार्मिक महत्व बोकेको छ । यहाँका साँगे, बुल्दी छाब्दी, रिस्ती, कलेस्तीलगायत खोलाले व्यासको उर्वर भूमिलाई सिंचाई सुविधा पुर्याएको छ । व्यास नगरपालिकाले ‘विविधतायुक्त गाउँसहर, समृद्ध मेरो व्यास नगर’ नारालाई दीर्घकालीन विकासको अवधारणाका रुपमा अगाडि सारेको छ ।

GET MONTHLY UPDATES ON NEW STORIES IN YOUR EMAIL

Stories of
Rishing