Deprecated: Required parameter $args follows optional parameter $depth in /home4/dreamcities/public_html/vyas/wp-content/plugins/search-filter/of-taxonomy-walker.php on line 17

Deprecated: Required parameter $output follows optional parameter $depth in /home4/dreamcities/public_html/vyas/wp-content/plugins/search-filter/of-taxonomy-walker.php on line 17
थप कथाहरू – Cities for the Youth

थप कथाहरू

2022 -09- 27

पारीजातको जङ्गल

तनहुँसुर दरबारको उत्तर र दक्षिण तर्फको भिरालोमा पारिजातको ठूलो जङ्गल छ । त्यसो त, दरबारको उत्तरतर्फ रानीबगैँचा नै छ । जुन जङ्गलमा अहिले पनि अनेकन जातिका फूल र वनस्पति पाइन्छ । मन्दिरमा चढाउनकै लागि मात्र सायद सेन राजारानीले यति ठूलो परिणाममा पारिजात लगाएका थिएनन् । साइकल र संरक्षण अभियन्ता सौरभ ढकाल भन्नुहुन्छ, “पारितजात भन्नाले सौन्दर्य र सुगन्धको प्रतीक नै हो । जसमा औषधीय गुण पनि हुन्छ । यसैका लागि सायद यतिधेरै ठूलो पारिजातको जङ्गल लगाइयो ।”

जनजुक्त शाही माध्यमिक विद्यालय

साविकको मनपाङ गाउँपञ्चायतको वडा नम्बर ८ कटहरेस्थित अस्थाइ टहरोमा २०३२ सालबाट भानु निम्न माध्यमिक विद्यालयका रुपमा विद्यालय सञ्चालन भएको हो । 

तत्कालिन शिक्षा ऐन अनुसार २५ हजार रुपियाँ सहयोग गर्ने दाताकै नामबाट विद्यालय सञ्चालचन गर्न सकिने व्यवस्था थियो । सोहीक्रममा स्थानीय शिक्षासेवी जुक्तराज शाहीले जग्गासहित १५ हजार रुपियाँ सहयोग गरी रामपुरमा जुक्त शाही विद्यालय सञ्चालन गर्न थालियो । जग्गादाता जुक्तराज शाहीको जन्म विक्रम सम्वत् १९६० साल र मृत्यु वि.सं.२०४४ सालमा भएको हो । 

दमौलीदेखि ७.५ किलोमिटर पश्चिम उत्तर दुरीमा साँगे नेपालटार छ । व्यास नगरपालिका वडा नम्बर ५ साँगे, नेपालटारमा भव्य भवनसहित विद्यालयले सो क्षेत्रको शैक्षिक उन्नतिमा योगदान गरिरहेको छ । विद्यालय वरपर रानीटार, चुँदेर, वरबोट, शेरा, पिपलचौर, पँयर, भोर्ले, सियाले, दुभुङ, बाख्रे, पाँचधारे, हर्कपुर, समिधारा, देउराली, ठाँटीचौर, बाह्रबिसे, अम्रेनी, रातमाटा, श्याम्घा, क्रियापानी, लोदो, साँगेफाँटजस्ता वस्ती रहेका छन् । यी वस्तीको केन्द्रका रुपमा विद्यालयमा अहिले प्राविधिक शिक्षा (पशु विज्ञान) को अध्ययन हुन्छ ।


इन्दु माध्यमिक विद्यालय

नेपालमा औला उन्मूलनपछि पहाडी भेगबाट वस्ती समथर बेसीतिर सर्न थाल्यो । तनहुँ जिल्लाको साँगे फाँट वरपर पनि विस्तारै स्थायी वस्ती रहन थाले । तनहुँ जिल्ला सदरमुकाम दमौलीबाट करिव ९ किलोमिटर पश्चिम साँगे खोलाको किनारमा २०२१ साल पुस १ गतेमा इन्दु प्राथमिक विद्यालय स्थापना हुन पुग्यो । साविकको  श्याम्घा गाउँ पञ्चायत ९ बाह्रबिसे अम्रेनीमा स्थापना भएको इन्दु प्राथमिक विद्यालयले २०५२ सालमा मात्र कक्षा आठ सञ्चालनको अनुमति प्राप्त गर्न  सफल भएको थियो । त्यस्तै, २०६८ सालमा कक्षा १० सञ्चालनको अनुमति प्राप्त गरेको थियो । स्याउलाको कटेरोबाट सुरु भएको इन्दु मावि अहिले सुविधा सम्पन्न भवनमा अध्यापन हुँदैआएको छ । हालः ब्यास नगरपालिका वडा नम्बर ६ मा सो विद्यालय रहेको छ ।


राजस्थल प्राथमिक विद्यालय

तनहुँसुरको पुरानो बजार क्षेत्रमा २००८ सालमा विद्यालय स्थापना गरिएको थियो । यो ऐतिहासिक सहिद गाउँमा स्थापित विद्यालय अहिले अस्तित्वमा छैन । बजार विस्थापित भएसँगै विद्यार्थी संख्या नभएपछि विद्यालय अन्यत्र गाभिएको थियो । यद्यपि, विद्यालय भवनको अवशेष अझै बाँकी छ ।


देउराली ठाँटी

गाउँवेसी, वनपाखा गर्दा घामपानीबाट बच्न र थकाई मार्नका लागि काठका ठाँटी बनाउने परम्परा थियो । लाहुर आउनेजाने या सहरबजार गर्ने बटुवाले यहाँ बास समेत बस्दथे । ब्यास ९ राजापानीमा अहिले पनि ठाँटीको अवशेष रहेको छ । सिस्नेरीबाट पुरानागाउँ जाने पैदल मार्गमा यो ठाँटी रहेको छ । अहिले पनि सो ठाँटीमा स्थानीयहरू गाउँबेसी गर्दा थकाइ मार्न बस्ने गर्दछन् ।


बिश्रामस्थल

उत्तर मोहडा भएको जौबारी गाउँ प्रवेशको सुरुमा विश्रामस्थल रहेको छ ।  ब्यास ९ जौबारी बिश्रामस्थलबाट ढुङ्गा विच्छाइएको बाटो केही झरेर जौबारी घरबास पुग्न सकिन्छ ।


जारकाटे ढुङ्गा

गोरखाली फौजमाथि आक्रमण गर्दा काटिएको ढुङ्गा भन्ने किंवदन्ती रहेको छ । जसलाई जारकाटे ढुङ्गा भनिन्छ । धरम्पानीबाट तनहुँसुर जाने पैदल मार्गमा यो ढुङ्गा रहेको छ । सडक निर्माणका क्रममा यो ढुङ्गा कटानमा पर्ने भएपछि स्थानीयले यसको बिरोध जनाए । फलस्वरुप जारकाटे ढुङ्गा किंवदन्तीका रुपमा जीवित रहन पाएको छ ।


भिमसेन मन्दिर

तनहुँसुर दरबार क्षेत्रभन्दा केही तल भिमसेन मन्दिर रहेको छ । धरम्पानीहुँदै तनहुँसुर जाँदा बाटैमा भिमसेन मन्दिर पर्दछ । कुनै समय यो ठाउँ ४० कोठी नेवारको बसोबास स्थल पनि थियो । नेवार समुदायको बसोबास सुरु भएसँगै भिमसेन मन्दिर बनेको विश्वास गरिन्छ । बन्दिपुरबाट दमौलीमा सदरमुकाम सरेसँगै तनहुँसुरको बजार समेत विस्थापित बन्न पुग्यो । अहिले भत्किएका घर, उजाड वस्ती र झाडी मात्र देख्न सकिन्छ । भिमसेन मन्दिर पनि संरक्षण पर्खिएर बसेको छ ।


सहिद पार्क

मूलत यो सेनकालिन गढी हो । तनहुँसुर दरबारको सुरक्षार्थ महत्वपूर्ण गढीको रुपमा यो रहेको थियो । यद्यपि, गढीको ठाउँमा सहिद पार्क बनाइएको छ । यसले इतिहासको एउटा कालखण्डलाई छोप्ने कार्य गरेको छ । यहाँबाट पार्क हटाएर ऐतिहासिक गढीकै रुपमा स्थापित गर्दा तनहुँसुरको पर्यटकीय महत्वलाई अझ बढी ओझिलो बनाउने छ ।

२००७ सालको क्रान्तिमा बन्दिपुर लडाइँमा शहादत प्राप्त ६ जना शहिदका पूर्ण कदको शालिक यहाँ राखिएको छ । सो लडाइँमा तनहुँका धर्मराज श्रेष्ठ, सन्तबहादुर राना, चन्द्रबहादुर सार्की, उत्तरकुमार श्रेष्ठ, धर्मध्वज गुरुङ र बसन्तपुरका खड्गबहादुर गोदारले सहादत प्राप्त गर्नुभएको थियो ।

तनहुँसुर दरबारभन्दा केही तल सहिद पार्क छ । ब्यास नगरपालिका ११ कै पर्यटकीय सम्पदाको रुपमा सहिद पार्क रहेको छ । २००७ सालको जनक्रान्तिमा शहादत प्राप्त शहिदको शालिक राखिएको छ ।

तनहुँसुर राजनीतिक रुपमा समेत सचेत गाउँ हो । २००७ सालको क्रान्तिताका बन्दिपुर अड्डा कब्जा गर्न भएको लडाइँमा तनहुँका छ जनताले वीरगति प्राप्त गरेका थिए । त्यसमध्ये यहि गाउँका धर्मराज श्रेष्ठ, सन्तबहादुर राना, चन्द्रबहादुर सार्की र उत्तरकुमार श्रेष्ठ चार जना परेका थिए । त्यस्तै, पुलिमराङका धर्मध्वज गुरुङ र बसन्तपुरका खड्गबहादुर गोदारले बन्दीपुर लडाइँमा वीरगति प्राप्त गरेका थिए ।


गद्दी चौतारा

तनहुँसुर राज्यसँग गद्दी चौतारको किंवदन्ती गाँसिएको छ । ढुङ्गा निर्मित ठूलो चौतारामा बसेर तनहुँसुरका राजाले न्याय निसाफ दिने भएकाले यसलाई गद्दी चौतारा भनिएको भनाइ स्थानीयको छ । सो चौतारमा गद्दी समेत बनाइएको छ ।


धार्नी चौतारा

सेनकालीन चौतारा । यहि चौतारमा बसेर तनहुँसुरका सेन राजाले बर्षमा एकपटक ब्यापारीको माना, पाथी, धार्नीवस्ता नापतौलका सामान जाँच गर्ने भन्ने भनाई स्थानीयको छ । त्यसैले यो चौतारालाई धार्नी चौतारा भन्ने गरिन्छ । अहिले समेत यो चौतारा देख्न सकिन्छ ।


एक गढी

तनहुँसुर दरबारको भागभन्दा केही उच्च स्थानमा एउटा सानोसानो गढी छ । दरबार क्षेत्रको ठिक पश्चिमको माथिल्लो भागमा रहेको यो गढीले दरबारको प्रमुख सुरक्षा व्यवस्थापन गर्दथ्यो ।


पोखरी

तनहुँसुर दरबारको वरपर तीन महत्वपूर्ण गढी छन् । दक्षिण, उत्तर र पश्चिमतर्फका यी महत्वपूर्ण गढीले तनहुँसुर राज्यको सुरक्षा रखबारी गर्दथे । तनहुँसुर राज्यको केही माथिल्लो भागमा यो सेनकालिन पोखरीको अवशेष रहेको छ । यो पोखरीको पूर्व उत्तरमा सेनकालिन इनार अहिले पनि देख्न छ । सायद, त्यो इनारको रिचार्जको रुपमा यो पोखरी निर्माण गरिएको हो ।


इनार

दरबार क्षेत्रभन्दा करिव ५० मिटर उत्तर तर्फको भित्तामा यो इनार रहेको छ । पहाडी क्षेत्रमा त्यहिमाथि त्यो टाकुरा क्षेत्रमा इनार आश्चर्यलाग्दो विषय हो । सेन राजाकालीन राजारानीले यहिँको पानीले नुहाउने गर्दथे भनेर स्थानीय बताउँछन् । नजिकै तनहुँसुरका राजाले नुहाउने ढुङ्गाको रूपमा स्थानीयले अहिले पनि बताउने गर्दछन् ।


सिरिङ्गे चौतारा

मणि मुकुन्द सेनले भाइ, छोरा, भतिजलाई राज्य बाँडेका थिए । पाल्पाबाट आएर सबैभन्दा पहिला भृङ्गी सेनले सिरिङ्गेको विरुवा रोपेर राज्य स्थापना गरेका थिए भन्ने भनाई स्थानीयको छ । अहिले पनि बूढो सिरिङ्गेको रुख र चौतारा देख्न सकिन्छ । जिङ्गरिङ परेको सिरिङ्गे फूलेको बेला टाढाटाढासम्म बास्ना आउने स्थानीय बताउँछन् ।


तनहुँ कालिका मन्दिर

मन्दिर ब्यास नगरपालिका ४ स्थित तनहुँ कालिका सहिद शान्ति पार्कभित्र तनहुँ कालिका मन्दिर रहेको छ । २०७८ बैशाख ७ गते मन्दिर उद्घाटन गरिएको हो । सालको घना जङ्गलको माथिल्लो भागमा रहेको कलात्मक कालिका मन्दिर पर्यटकीय आकर्षणको केन्द्र बन्नेमा कुनै शंका छैन । ब्यासबाट रोमाञ्चक पैदल यात्रा गर्दै यहाँ पुग्न सकिन्छ ।


बस स्टप

काठमाडौं–पोखरा सडक छेउको बस स्टप । तनहुँ । ब्यास नगरपालिका ३खोला खोला । सेतीमा दोभान ।


गाेरखा वेलफेयर तनहुँ

तनहुँस्थित गोरखा वेलफेयर कार्यालय । गण्डकी क्षेत्रबाट ठूलो संख्यामा गोर्खा ब्रिटिस भर्तीमा भएका थिए ।

GET MONTHLY UPDATES ON NEW STORIES IN YOUR EMAIL

Stories of
Rishing