Deprecated: Required parameter $args follows optional parameter $depth in /home4/dreamcities/public_html/vyas/wp-content/plugins/search-filter/of-taxonomy-walker.php on line 17

Deprecated: Required parameter $output follows optional parameter $depth in /home4/dreamcities/public_html/vyas/wp-content/plugins/search-filter/of-taxonomy-walker.php on line 17
तनहुँ राज्य र तनहुँसुर – Cities for the Youth

तनहुँ राज्य र तनहुँसुर

2022 -09- 27

तनहुँ राज्य

पाल्पाका राजा मणिमुकुन्द सेनले विक्रम सम्वत् १५७५ देखि १६१० सम्म विशाल पाल्पा राज्यमा शासन गरेका थिए । विशाल पाल्पा राज्य उत्तरमा मुक्ति क्षेत्रदेखि दक्षिणमा हरिहर क्षेत्र र पश्चिम काली गण्डकीदेखि पूर्वमा टिष्टासम्म विस्तार भएको थियो । शासनकालको उत्तराद्र्धमा पाल्पाली राजा मणिमुकुन्द सेन देवघाटतिर झरेर तपस्यामा लिन भए । पाल्पाली नरेशका १३ भाइछोरा र भतिजहरु थिए । उनीहरुले पाल्पाली नरेश मणिमुकुन्द सेनको मरणोपरान्त आफू प्रशासक भई काम गरेका स्थानहरुमा पाल्पा राज्यको पैतृक सम्पत्ति सम्झेर भाइ अंशमा बाँडचुँड गरेर स्वतन्त्र राज्य घोषणा गरेका थिए । (नेपालको उद्भव तथा विश्लेषणात्मक इतिहास, ढुण्डीराज शास्त्री ।)

कुनै समयको विशाल खस राज्य विक्रम सम्वत् १४६० को अन्त्यसम्म आइपुग्दा पतन हुन पुग्यो । विशाल खसान राज्यको पतनपछि बाइसे र चौबिसे राज्यहरुको उदय हुन पुग्यो । सोही मेलोमा पाल्पामा सेन वंशी राज्यको उदय भयो । त्यो बेला पाल्पा राज्यले विशाल क्षेत्र ओगटेको थियो । पाल्पाका मणिमुकुन्द सेनको मरणोपरान्त छोराहरु माणिक्य सेनले पाल्पा, विनायक सेनले बुटवल, लोहाङ सेनले मकवानपुर, राम सेनले रिसिङ, कुवेर सेनले राजपुर र भृङ्गी सेनले तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए । लोहाङ सेनको मकवानपुर राज्य पनि भाइ अंश लाग्दै मकवानपुर, विजलपुरा (विजयपुर) र चौदण्डी राज्यमा विभाजन हुन पुगेको थियो । (खबरकुञ्ज डटकम, देवीबहादुर बस्नेत)

रिसिङका राजा राम सेन निसन्तान भएकाले तनहुँका राजा भृङ्गी सेनका जेठा छोरा हम्वीर सेनको हातमा अपुताली राज्य पुग्यो । तनहुँका राजा भृङ्गी सेनको वि.सं.१६२८ मा मृत्युपछि राजगद्दीको हकदारका विषयमा हम्वीर सेन र भाइ धर्माङ्गतबीच मनमुटाव भयो । राज्यको अधिकार कसको हातमा भन्ने विवादले तनहुँ राज्य कमजोर भएको अवस्थामा त्रिशुलीदेखि मस्र्याङ्दीसम्मको विशाल राज्य हम्वीर सेनले थाम्न सकेनन् । परिणाम स्वरुप गोरखा पूर्व खड्का, मगर, तामाङ र घलेहरुले थुमे राज्य सञ्चालन गरेका थिए । सोही समयमा विक्रम सम्वत् १६१६ मा जमजुङका राजकुमार द्रव्य शाहले गोरखामा स्वतन्त्र ठकुराई स्थापना गर्न सफल भएका थिए । यसरी तनहुँ राज्यको पूर्वी सिमाना मस्र्याङ्दीसम्म खुम्चिएको थियो । त्यति मात्र होइन, हम्वीर सेन र धर्माङ्गत सेन बीच तनहुँ राज्य कसले लिने भन्ने भाइ झगडाले तनहुँबाट छुट्टिएर मिर्लुङकोटले छुट्टै राज्यको अस्तित्व लिएको थियो । जसको नेतृत्व भाइ धर्माङ्गत सेनले गरेका थिए । हम्वीर सेनपछि तनहुँको राजगद्दीमा तुला सेन आए । त्यसपछि दामोदर सेन, दिग्विजय सेन, कामराजदत्त सेन, त्रिविक्रम सेन, कामरीदत्त सेन र हरकुमारदत्त सेनले तनहुँको राज्य सम्हालेका थिए । तनहुँका राजा दिग्विजय सेनको पालामा गलेखामकोट, मिर्लुङ्कोट, गजरकोट, किहुँ र ढोर राज्यहरु तनहुँमा मिलाइएको थियो । त्यस्तै, राजपुरको राज्य अपुतालीमा पर्न आएको थियो । यसरी तनहुँ राज्य पहाडदेखि तराईसम्म फैलिएको विशाल राज्यका रुपमा उभिएको थियो । 

वि.सं. १८३४ साउन ३ गतेका दिन तनहुँको चितवन खण्ड र वि.सं.१८३९ माघ १८ गतेका दिन तनहुँको पहाडी खण्ड गोरखा राज्यमा विलय भएको थियो । यसरी २३० वर्षसम्म सेन शासित तनहुँ राज्यको अन्त्य भएको थियो । सन् १९५१ मा भारतले जमिन्दारी राज्य प्रथा उन्मूलन गरेपछि तनहुँको शेष जमिन्दारी राज्य पनि अन्त्य भएको थियो । (तनहुँसुर र सेरोफेरो, देव बस्न्यात)

वि.सं.१८३९ मा तनहुँ राज्य गुमेपछि राजा हरकुमारदत्त सेन भागी रामनगर पुगे । चम्पारन जिल्लामा पर्ने रामनगर त्यस बेलाराजपुरको मुख्य शहर थियो । सेन राजाहरुले मुगल बादशाहलाई तिरो तिरी राजपुरको भोगचलन गरी आएकाले राजपुर तनहुँ राज्यको अङ्गको रुपमा रहीआएको थियो । गोरखा र तनहुँको बारम्बारबो लडाइँको मौका छोपी राजपुरका १५ तप्पा (जिल्लाको सानो इलाका वा भाग) मध्ये साढे १२ तप्पा आफ्नो नाउँमा दर्ता गर्न बेतियाका राजा सफल भएका थिए । तनहुँबाट भागेर हरकुमारदत्त सेन रामनगर पुगेपछि उनका कान्छा भाइ जानकीदत्त सेनको नाउँमा अढाई तप्पा मात्र दर्ता हुन सक्यो । त्यहि जग्गालाई पछि हरकुमारदत्त सेनले जानकीदत्तलाई इष्ट इन्डियाकम्पनीको राजधानी कलकत्ता पठाई भाइको नाउँ कटाएर आफ्नो नाउँमा ती तप्पा दर्ता गरे । यसबाट तनहुँले सेनको उत्तराधिकारीसहितको राजा पदवी र अढाई तप्पाबाट हुने राजकीय खानगी कायम रहन गई रामनगर राज्यभित्र ५८४ मौजा (गाउँ, जग्गा) पर्न गए । (महेशराज पन्त, हिमाल, फागुन ७, २०७७)


तनहुँसुर राज्यको दरबार

तनहुँसुरका अन्तिम राजा हरिदत्त सेन हुन् । यो दरबार क्षेत्रको संरक्षण पहल भएको छ । पुरातत्वले उत्खनन र संरक्षणको काम भए पनि स्थानीयवासी र स्थानीय सरकारले यसको उचित संरक्षण, व्यवस्थापनमा ध्यान दिन आवश्यक छ । यहाँको ऐतिहासिक पर्यटनको प्रवद्र्धन गर्ने हो भने दरबार, सेनकालीन अन्य सम्पदाको संरक्षण आवश्यक छ । यस विषयमा पर्यटकलाई स्पष्ट बताउनसक्ने स्थानीय पथप्रदर्शक तयार पार्न आवश्यक छ । यहाँको इतिहास, सम्पदा र सेनकालीन वस्तुहरुको यथार्थ एवं स्पष्ट जानकारी पर्यटकलाई दिनेखालका प्रवद्र्धनात्मक सामग्री बनाउन आवश्यक छ ।


तनहुँ राज्य

पाल्पा राज्य भाइअंशमा बाँडफाँड भएर तनहुँ राज्य जन्मिएको थियो । जसको राजधानी सुरमा थियो । भनिन्छ सुरमा सात वटा गढी थिए । जसको भग्नावशेष पाउनसमेत अहिले मुस्किल छ । कुनैमा पार्क बनाइएको छ, कुनैमा मोवाइल टावर ठड्याइएको छ । सुरमा मुख्य रुपमा तीनवटा थुम्का छन् । जसलाई त्रितुङ्ग समेत भनिन्छ । ऐतिहासिक प्रमुख किल्लासहितको सुरलाई अचेल तनहुँसुरका रुपमा चिनिन्छ । जहाँबाट तनहुँ राज्यका सेन राजाले शासन सञ्चालन गरेका थिए । अहिले यो ब्यास नगरपालिकाको वडा नम्बर ११ पर्दछ । 

विक्रम सम्वत् १६१० मा भृङ्गी सेनले तनहुँ राज्यको जग बसालेका थिए । सो दरबारको भग्नावशेष अझै देख्न सकिन्छ । पुरातत्व विभागले दरबार क्षेत्रको उत्खनन् र संरक्षणको प्रयास गरेको छ । तनहुँसुरका अधिकांश भाग व्यास नगरपालिकाको वडा नम्बर ११ मा पर्दछ । केही भाग वडा नम्बर ६ मा पर्दछ । तनहुँसुर दरबार क्षेत्रमा खड्गकाली मन्दिर रहेको छ । दरबार क्षेत्रको वरपर रानी चौतारा, शिव मन्दिर, विष्णु मन्दिर, धान गोदाम, ढिकुर घर, गोलघर, रानीधारा, साउने कुवा, कुँडापानी, रानीपोखरी, गद्दी चौतारा, धर्मशाला, रानी बगैँचा, प्रख्यात भगवतीपानी मन्दिर, हात्ती बाँध्ने किलो, टुँडिखेल, सिलखाना, जारकाटे ढुङ्गा, ऐना पहरा, सेनकालीन तोप, सहिद पार्कलगायत ऐतिहासिक एवं पुरातात्विक सम्पदा रहेका छन् ।

सुर दरबारको देब्रेतर्फ उकालोमा धानगोदाम नजिकै ‘सिरिङ््गे’ को चौतारा छ । ‘सिरिङ््गे’ बिरुवा रोपेर भृङ्गी सेनले राज्यबसालेको स्थानीयहरुले अझै किम्बदन्ती सुनाउँछन् । ‘सिरिङ््गे’ को रुखलाई स्थानीयले ‘सिलिङ्गे’ भन्छन् । जुन लोपोन्मुख बनस्पतीका रुपमा लिइने सिरिङ्गेको बूढो रुख र चौतारा सेन राज्यको सम्झना जिवित गराउँदै जिङरिङ्ग ठडिएको छ ।

GET MONTHLY UPDATES ON NEW STORIES IN YOUR EMAIL

Stories of
Rishing