Deprecated: Required parameter $args follows optional parameter $depth in /home4/dreamcities/public_html/vyas/wp-content/plugins/search-filter/of-taxonomy-walker.php on line 17

Deprecated: Required parameter $output follows optional parameter $depth in /home4/dreamcities/public_html/vyas/wp-content/plugins/search-filter/of-taxonomy-walker.php on line 17
क्यामिनकोट – Cities for the Youth

क्यामिनकोट

2022 -09- 27

लम्जुङ र कास्कीतिरबाट सुरक्षित हुन तनहुँका सेन राज्यकालमा दर्बिलो किल्लाको रुपमा क्यामिनकोट निर्माण गराएका थिए । ब्यास नगरपालिका ८ मा पर्ने क्यामिनकोट एक हजार २३० मिटरको उचाईमा रहेको छ । घना जङ्गलको बीचमा सुन्दर कोट रहेको छ । सो क्षेत्रलाई सात सय क्यामिन पनि भनिन्छ । कोट वरपर सुरक्षा पर्खाल र सुरक्षा खाडल (खाइ)  अहिले पनि देख्न सकिन्छ । केही वर्षअघिसम्म तोप, खुँडा, तरबार थिए भनिन्छ । यद्यपि, अहिले कहाँ छ केही अत्तोपत्तो छैन । कोटको पूर्वतर्फ केही निचा भागमा क्यामिनकोट कालिका मन्दिर छ । तनहुँसुरस्थित खड्गकालिमाई, क्यामिन कालिमाई र दुम्सीकोट कालिकामाईलाई क्रमशः जेठ, माइली र कान्छि दिदीबहिनीका रुपमा पुजिन्छ । सेनवंशी राजाका पालामा यी तिनै मन्दिरमा दशैंको अष्टमीका दिन एकैपटक बडाई गर्ने प्रचलन थियो भनिन्छ । क्यामिन कालिकालाई गोरखा कालिकाको बहिनीका रुपमा पनि पुजिन्छ । विगतमा वडादशैमा फूलअक्षतासहित एउटा राँगो गोरखा पठाउने चलन पनि थियो । यहाँ जान दमौलीबाट १० किलोमिटर पक्की सडक र त्यसपछि पाँच किलोमिटर कच्ची सडकमार्फत क्यामिनकोट र क्यामिन कालिका मन्दिर पुग्न सकिन्छ ।


क्यामिन मौरीपालन उद्योग

ब्यास नगरपालिका वडा नम्बर ९ मेवाबारीमा व्यवसायिक रुपमा मौरीपालन गरिएको छ । पर्यटकीय हिसावले समेत रमणीय मेवाबारीमा एउटा विशेषता नै भनौं यहाँ माहुरी व्यवसाय छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् सो क्षेत्रलाई मौरीपालन पकेट क्षेत्र विस्तार गरिएको छ । सो क्षेत्रका २२ जना कृषकले व्यवसायिक रुपमा मौरी पालन गरेका छन् । उनीहरुले क्यामिन मौरीपालन कृषक समुहसमेत गठन गरेका छन् । सो समुहको अध्यक्ष कृष्णबहादुर गुरुङ छन् । ४५ घर गुरुङ बसोबास रहेको सो गाउँका ३२ घरधुरीले सात सयभन्दा बढी गोला (घार) मौरी पालन गरिएको अध्यक्ष गुरुङले बताए । अध्यक्ष गुरुङले क्यामिन मौरी उद्योग समेत सञ्चालन गरेका छन् । उनको मात्रै २५५ घार मौरी रहेको छ । उनले मौरीका घार, मौरीसहितका घार, मौरीपालनका लागि आवश्यक औजार समेत बेच्दै आएका छन् । उनले मह उत्पादनभन्दा मौरी उत्पादनमा जोड दिएका छन् । उनले सबै घारबाट मह निकाल्दैनन् । माहुरी घारबाट नयाँ मौरी उत्पादन गरी घार विस्तार गर्ने गर्दै आएका छन् । कृषि कार्यालय तथा घार वितरण गर्ने  संस्थाको मागअनुसार उनले मौरीसहितको घार उत्पादन गर्दै आएका छन् । उनले किसानलाई मौरीको घारमा आधार चक्का कसरी राख्ने, मैन बनाउने, रानी मौरी चिन्नेजस्ता तालिम समेत दिँदैआएका छन् ।

उनले मौरी चरणका लागि आफ्नै घर वरीपरी खेती पनि लगाएका छन् । मौरीले रुचाउने, रमाउने जातका फलफूल, रुख विरुवा उनले घर वरीपरी लगाएका छन् । मौरीका लागि पानीको व्यवस्था समेत गरिएको छ । चरणका लागि टाढा जान नपरोस भनेर उनले यो व्यवस्था गरेका हुन् । यद्यपि, मौरी पालनमा भालूले अहिले ज्यादै दुःख दिएको गुनासो गुरुङको छ । राती आएर मौरीको घार भत्काएर मह र माहुरी खाइदिने गरेको तर यस्को बीमा व्यवस्था हुन नसकेकाले मौरी पालक किसान मर्कामा छन् ।

चितवन, दमौलीलगायत स्थानमा मौरीसहितको घार बेच्दैआएका गुरुङको घरमा परम्परागत डुँडेघार र घरको खोपामा समेत मौरी घार छन् । यी मौरी घार उनको बाजेकै पालादेखिका हुन् । 


क्यामिनचौर

क्यामिनकोटको डाँडाको दक्षिणतर्फ ठूलो खुला चौर रहेको छ । जसलाई क्यामिनचौर भनिन्छ । यहाँ दुईवटा जति चिया पसल रहेका छन् । चौरमा फुटबल ग्राउण्डको रुपमा समेत प्रयोग गर्ने गरिएको छ । पहाडको माथिल्लो भेगमा यति ठूलो चौर विरलै भेटिने गरेको छ । ब्यास नगरपालिका ९ मा रहेको यो क्यामिनचौरलाई अतिक्रमणबाट जोगाउँदै खुला राख्न आवश्यक छ ।


क्यामिनचौर पोखरी

क्यामिनकोटबाट केही तल खुलाचौर रहेको छ । निकै आकर्षक चौरसँगै पुरानो पोखरी रहेको छ । यो पोखरीले जैविक विविधता संरक्षणमा सहयोग पुर्याउनुका साथै पशु तथा वन्जयन्तुका लागि पानी उपलब्ध गराएको छ । ब्यास नगरपालिका ९ क्यामिनचौर पोखरीको संरक्षण आवश्यक छ ।

GET MONTHLY UPDATES ON NEW STORIES IN YOUR EMAIL

Stories of
Rishing