मानहुँकोट, कुनै समय गलेखामकोट राज्यको दक्षिणी सुरक्षा कवच गढीका रुपमा थियो । गलेखाम राज्यको यो एउटक दरिलो किल्ला थियो । छिमेकी राज्यहरु ढोर, घिरिङ, तनहुँ र रिसिङबाट हुनसक्ने आक्रमणबाट बच्न निर्माण गरिएका गढीहरुमध्ये मानहुँकोट एक हो । गढीका केही अवशेषहरु र मन्दिर अहिले पनि त्यहाँ देख्न सकिन्छ ।
दमौली बजारबाट पश्चिम तर्फ रहेको मानङकोट समुद्री सतहबाट एक हजार एक सय मिटर उचाईमा रहेको छ । मानहुँलाई मानुङ समेत भनेको पाइन्छ । ब्यास नगरपालिकाको वडा नं. ५ मा रहेको मानहुँकोट दमौलीबाट करिव सात किलोमिटर रहेको छ । दमौलीबाट पोखरातर्फ लाग्दा मादी नदीको पुल तर्ने वित्तिकै चापाघाट अलैंचेबाट उकालो लागेर मानहुँकोट पुगिन्छ । संगमटोल, कटुवा, अलैचे, सौराहा, धारादि, देउरालीहुँदै मानहुँकोट पुगिन्छ, जहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, मनासलु, बौद्ध, लमजुङ हिमालको हार देख्न सकिन्छ । दमौलीबजारलाई हुस्सूको घुम्टोले लपक्क छोपेको रमाइलो दृश्य हेर्न सकिन्छ । सूर्योदय र सूर्यास्तको आनन्द हेर्न रात्रीकालीन क्याम्पिङका लागि पनि मानहुँकोट पुग्नेहरु बढेको पाइन्छ । दमौलीलगायत वरपरका रात्रीकालीन दृश्य हेर्नसमेत मानहुँकोटमा क्याम्पिङ जाने गरेको पाइन्छ । जहाँबाट विहान हुस्सुमाथि उभिएको अनुभूति हुन्छ ।
सेती, मादी, सांगे र गुणादी नदीले घेरिएको मानुहुँकोटमा पानीकोचाहिँ चर्को अभाव छ । पानीकै अभावमा सस्तोमा जग्गा बेचेर मानहुँकोटका ७० घरभन्दा बढी मगर जाति गुणादी, पाटन, साँगे र दमौलीतिर बसाइँ झरे । यद्यपि, मानहुँकोटमा आन्तरिक पर्यटक बढ्न थालेपछि पुरानै थातथलोमा फर्कनेहरु समेत बढ्दै छन् । तर, सस्तोमा जग्गा बेचेर बजार झर्नेहरु अहिले त्यहि जग्गा महङ्गोमा किनेर फर्कदै गरेको ब्यास नगरपालिका वडा नम्बर ५ का अध्यक्ष मोहन श्रेष्ठ बताउनुहुन्छ ।
तनहुँ जिल्लाको सदरमुकाम व्यासबाट चार किलोमिटरको दुरीमा पश्चिमतर्फ ठूलोटारमा उदम माध्यमिक विद्यालय रहेको छ । समुद्री सतहबाट ३१० मिटरको उचाइमा रहेको सो विद्यलाय पृथ्वी राजमार्गबाट २ किलोमिटर उत्तरतर्फ छ । विद्यालयको पूर्वमा मादी नदी, पश्चिममा साँगे खोला रहेको छ ।…
सेन शासनकालको जीवन्त दसी बनेर कोतमा लडिरहेको छ, तोप । स्थानीय हटियाका बालकृष्ण श्रेष्ठ भन्नुहुन्छ, “यो तोप, यहिँको खानीबाट निकालिएको फलामबाट यहिँका कालीगढले बनाएको भनेर बाबुबाजेले भनेका हुन् ।” उहाँका अनुसार, दमौलीबाट तनहुँसुरसम्म सडक खन्ने क्रममा फलाम पिट्ने आरन र…
ब्यास नगरपालिका वडा नम्बर ११ तनहुँसुर क्षेत्र ऐतिहासिक सम्पदाका हिसावले महत्वपूर्ण छ । सेनकालीन तनहुँ राज्यको राजधानी तनहुँसुरमा रहेको दरबार र आसपासका सम्पदाको संरक्षणले तनहुँको पर्यटन विकासमा महत्वपूर्ण आयाम थप्ने विश्वास गर्न सकिन्छ । विक्रम सम्वत् १६१० देखि १८३९ सम्म…
भर्जन्म घाँसतिर मन दिई धन कमायो,नाम क्यै रहोस पछि भनेर कुवा खनायो ।घाँसी दरिद्र घरको तर बुद्धि कस्तोम भानुभक्त धनी भैकन आज यस्तो ।। आदिकवि भानुभक्त आचार्यले ‘घाँसी’ कवितामा यिनै सुन्दर पङ्ती उतारेका छन् । भनिन्छ, घाँस काटेर भएको आम्दानीले…
काठमाडौँबाट १५० किलोमिटर पश्चिममा तनहुँ जिल्लाको सदरमुकाम दमौली रहेको छ । दमौली र आसपासका गाउँ समेटेर व्यास नगरपालिकाको भौगोलिक सीमा निर्धारण गरिएको छ । तनहुँको जिल्ला सदरमुकाम पहिला बन्दिपुरमा थियो । २०२५ सालमा दमौलीमा जिल्ला सदरमुकाम सारिएको हो । दरै…
पारीजातको जङ्गल तनहुँसुर दरबारको उत्तर र दक्षिण तर्फको भिरालोमा पारिजातको ठूलो जङ्गल छ । त्यसो त, दरबारको उत्तरतर्फ रानीबगैँचा नै छ । जुन जङ्गलमा अहिले पनि अनेकन जातिका फूल र वनस्पति पाइन्छ । मन्दिरमा चढाउनकै लागि मात्र सायद सेन राजारानीले…
तनहुँ राज्य पाल्पाका राजा मणिमुकुन्द सेनले विक्रम सम्वत् १५७५ देखि १६१० सम्म विशाल पाल्पा राज्यमा शासन गरेका थिए । विशाल पाल्पा राज्य उत्तरमा मुक्ति क्षेत्रदेखि दक्षिणमा हरिहर क्षेत्र र पश्चिम काली गण्डकीदेखि पूर्वमा टिष्टासम्म विस्तार भएको थियो । शासनकालको उत्तराद्र्धमा…
उत्तर तर्फ मोहडा भएको जौबारी गाउँ निकै रमणीय छ । ब्यास ९ जौबारीमा गुरुङ र दलितका गरी ३५ घर थिए । बाटामा ढुङ्गा विच्छाइएका सफा र सुन्दर बस्ती छ । समुद्री सतहबाट ९४० मिटर उचाईमा रहेको यो गाउँका १० घरमा…
कलेस्ती उपत्यका सिरानमा घनाजङ्गलबीच ओम सिद्देश्वर महादेवको मन्दिर रहेको छ । यसलाई राजापानी महादेवका रुपमा पनि चिनिन्छ । व्यास ९ स्थित सो महादेव मन्दिर पुराना गाउँ जाने बाटैमा रहेको छ । यहाँ ठूलो एकादशी (हरिबोधिनी) मा भक्तजनको ठूलो घुँइचो लाग्छ…
लम्जुङ र कास्कीतिरबाट सुरक्षित हुन तनहुँका सेन राज्यकालमा दर्बिलो किल्लाको रुपमा क्यामिनकोट निर्माण गराएका थिए । ब्यास नगरपालिका ८ मा पर्ने क्यामिनकोट एक हजार २३० मिटरको उचाईमा रहेको छ । घना जङ्गलको बीचमा सुन्दर कोट रहेको छ । सो क्षेत्रलाई…